• Menu

व्यतित बिमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिँदै नेपाल लाइफ

नेपाल प्रफिट

२०८१ फागुन १५, १३:१७

व्यतित बिमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिँदै नेपाल लाइफ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बिमालेख नवीकरण गर्दा ५० प्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीले सूचना जारी गर्दै १०८१ फागुन १५ बाट २०८२ साउन १३ सम्म नवीकरण गर्दा व्यतित बिमालेखमा ५० प्रतिशतसम्म छुट दिने निर्णय भएको जानकारी दिएको हो ।

भुक्तानी गर्नुपर्ने मितिले १८० दिनभन्दा माथि व्यतित भएका बिमालेखमा बिमितले ५० प्रतिशतसम्म छुट पाउनेछन् । यो योजनामा समावेश भएका बिमालेखहरु पुनर्जागरण मितिदेखि १ वर्षभित्र समर्पण भएमा प्रदान गरिएको विलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ ।

एकपटक विलम्ब शुल्क छुट लिएका बिमितले भने पूरा बिमा अवधिभर पुनः छुट पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्