काठमाडौं । जापानी अटोमोबाइल कम्पनी टोयोटाले आफ्नो तेस्रो इलेक्ट्रिक मोडल बजारमा ल्याउने भएको छ । टोयोटाले मार्च ११ मा तेस्रो इलेक्ट्रिक मोडल बजारमा उतार्ने भएको हो ।
कम्पनीका अनुसार सन् २०२२ मा देखाएको बीजेड कम्प्याक्ट एसयूभी कन्सेप्टमा आधारित हुने यो एसयूभी कुपे डिजाइनमा हुनेछ । कम्पनीको यो एसयूभी बीजेड फोरएक्स र अर्वान क्रुजरपछिको तेस्रो एसयूभी हो ।
टोयोटाले यसअघि नै सन् २०२६ सम्ममा ६ वटा नयाँ ईभी लन्च गर्ने योजना सार्वजनिक गरिसकेको छ । टोयोटाले टिजर इमेज र भिडियो सार्वजनिक गर्दै नयाँ ईभीबारे जानकारी दिएको हो ।