• Menu

त्रिशूली-छहरे-टोखा सडकखण्डमा ‘टाइम कार्ड’ लागू

नेपाल प्रफिट

२०८१ फागुन १५, १३:०५

त्रिशूली-छहरे-टोखा सडकखण्डमा ‘टाइम कार्ड’ लागू

काठमाडौं । त्रिशूली-छहरे-टोखा सडकखण्डमा आज (फागुन १५) देखि ‘टाइम कार्ड’ लागू भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले एक सूचना जारी गर्दै सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सबै सार्वजनिक यातायातका साधनमा लागि टाइम कार्ड लागू गर्न लागिएको जानकारी दिएको हो ।

विस्तार हुँदै गएको सहरीकरण, बढ्दो सवारी चाप तथा सवारी दुर्घटनाबाट हुन सक्ने विपद् जोखिमलाई न्यूनीकरण गर्न ‘टाइम कार्ड’ लागू गरिएको प्रशासनले जनाएको छ ।

‘विस्तार हुँदै गइरहेको सहरीकरण, बढ्दो सवारी चाप एवम् सवारी दुर्घटनाबाट हुन सक्ने विपद् जोखिमलाई मध्यनजर गरी त्यस्तो जोखिम न्यूनीकरण गर्न तथा यात्रालाई सुरक्षित, विश्वसनीय, भरपर्दो र मर्यादित बनाउन ०८१ फागुन १२ गते सरोकारवालसहितको बैठकबाट भएको निर्णयअनुसार त्रिशूली-छहरे-टोखा काठमाडौं सडक खण्डमा सञ्चालन हुने सबै सार्वजनिक यातायातका साधनहरूका लागि ०८१ फागुन १५ गते बिहीबारदेखि लागू हुने गरी सवारी टाइम कार्ड लागू गरिएको छ,’ सहायक प्रजिअ हुमागाईंले जारी गरेको सूचनामा भनिएको छ ।

प्रशासनले सार्वजनिक यातायातका साधनहरूले स्वीकृत मापदण्डभित्र रही सवारी टाइम कार्ड अनिवार्य रुपमा जाँच गराएर मात्र सञ्चालन गर्न/गराउन सम्बन्धित यातायात व्यवसायी कम्पनी, सवारी चालक तथा सरोकारवाला सबैमा आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्