• Menu

प्रधानमन्त्री ओलीद्वारा महाशिवरात्रिको शुभकामना

नेपाल प्रफिट

२०८१ फागुन १४, बुधबार १०:५४

प्रधानमन्त्री ओलीद्वारा महाशिवरात्रिको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत महाशिवरात्रिको शुभकामना व्यक्त गरेका छन् ।

मंगलबार आफूले पशुपतिनाथको दर्शन गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा ‘पोस्ट’ गर्दै प्रधानमन्त्री ओलीले महाशिवरात्रिको शुभकामना व्यक्त गरेका हुन् । उनले ‘महाशिवरात्रिको शुभकामना ! जय पशुपतिनाथ !!,’ लेखेका छन् ।

महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक भगवान् शिवको पूजाआराधना गरी मनाइँदैछ ।

प्रतिक्रिया दिनुहोस्