काठमाडौं । नेपाल बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमझ सपथ ग्रहण गरेका हुन् ।
उनलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री, अर्थ सचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायतले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
ओझालाई हिजो मंगलबारको मन्त्रिपरिषद बैठकले बिमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो ।