• Menu

बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने सरकारको निर्णय

नेपाल प्रफिट

२०८१ फागुन १२, २२:१२

बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने निर्णय गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रस्तावमा मन्त्रिपरिषदको सोमबार राति बसेको बैठकले ओझालाई प्राधिकरण अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

अध्यक्ष पदका लागि ओझासहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम मन्त्रिपरिषदमा सिफारिस भएको थियो । सर्टलिस्टमा परेका पाँच जनाको प्रस्तुतीकरण र अन्तर्वार्ताबाट ओझा, पुडासैनी र बसौला सिफारिस भएका थिए । प्राधिकरणको अध्यक्षका लागि १२ जनाले आवेदन दिएकोमा चिरञ्जीवी चापागाईं र कमलप्रसाद रेग्मी पनि सर्टलिस्टमा परेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटक युवालाई प्राधिकरणको नेतृत्व गर्ने जिम्मेवारी दिएका छन् । कञ्चनपुर घर भएका ओझा ३३ वर्षका मात्र छन् । प्राधिकरण अध्यक्षको कार्यकाल चार वर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्