• Menu

निसीखोला गाउँपालिकाका १३ सयभन्दा बढी घरमा चार दिनदेखि विद्युत वितरण बन्द

नेपाल प्रफिट

२०८१ फागुन ९, शुक्रबार १५:०३

निसीखोला गाउँपालिकाका १३ सयभन्दा बढी घरमा चार दिनदेखि विद्युत वितरण बन्द

बागलुङ । निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत वितरण बन्द भएको छ ।

निसीखोला गाउँपालिका-४ जोगीथुम्कामा रहेको एक सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत आयोजनाको विद्युत गृहको मेसिन बिग्रिदा चारदिनदेखि विद्युत उत्पादन बन्द छ ।

आयोजनाको उत्पादन बन्द भएसँगै निसीखोला गाउँपालिकाअन्तर्गतका बोहोरागाउँ, थापागाउँ, झिवाखोला, छापाखानी, धाराखर्क, ढुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौरलगायतका ठाउँमा विद्युत आपूर्ति बन्द भएको निसीखोला दोस्रो लघुजलविद्युत आयोजनाका प्रबन्धक चिरञ्जीवी पौडेलले जानकारी दिए ।

जसबाट एक हजार तीन सय १३ घरमा विद्युत आपूर्ति बन्द भएको छ । मेसिन मर्मतका लागि बुटवल पठाइएको र मर्मत भएर आउनेवित्तिकै विद्युत आपूर्ति हुने उनले बताए । विद्युत अवरुद्ध हुँदा यस क्षेत्रको व्यापार, व्यवसाय र जनजीवन प्रभावित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्