• Menu

दक्षिणकालीको वन क्षेत्रमा डढेलो, बस्ती जोखिममुक्त भए पनि आगो नियन्त्रणमा आउन सकेन

नेपाल प्रफिट

२०८१ फागुन ८, १२:५८

दक्षिणकालीको वन क्षेत्रमा डढेलो, बस्ती जोखिममुक्त भए पनि आगो नियन्त्रणमा आउन सकेन

काठमाडौँ । काठमाडौँको दक्षिणकालीको वन क्षेत्रमा डढेलो फैलिएको छ । दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले बुधबार साँझ ४, ५ बजेदेखि डढेलो लागेको बताए । उनका अनुसार डढेलो निभाउने प्रयास गरिएपनि पूर्ण रुपमा निभाउन सकिएको छैन ।

हालसम्म नगरपालिकाको वडा नं ४, ३ र १ को जंगल क्षेत्रमा डढेलो फैलिएको र यसले ३० हेक्टर भन्दा बढी वनक्षेत्र जलिसकेको बताए । अहिले नगर प्रहरी, जनपथ प्रहरी तथा स्थानीय उपभोक्ता आगो निभाउन खटिएका छन् ।

बस्नेतले भने, ‘हिजो भन्दा डढेलो केही नियन्त्रणमा आएको छ तर ठूटामा सल्किएको आगो फेरि फैलिने डर कायमै छ ।’ उनले सडक मार्गले काटेको क्षेत्र भएकाले बस्तीमा आगो सल्किने सम्भावना हाललाई टरेको बताए । वडा नं ४ बाँसबारी क्षेत्रबाट आगो फैलिएको उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्