• Menu

सुनको मूल्य प्रतितोला ५ सय बढ्यो

नेपाल प्रफिट

२०८१ फागुन ८, ११:०२

सुनको मूल्य प्रतितोला ५ सय बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ६९ हजार ४ सय रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य आज बिहीबारका लागि १ लाख ७१ हजार निर्धारण भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा भने सुनको भाउ बढेकाले नेपाली बजार पनि प्रभावित भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २९४३.०७ डलरमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदीको मूल्य १० रुपैयाँ बढेको छ । बुधबार प्रतितोला १९ सय ८५ रुपैयाँका दरले कारोबार भएको चाँदी आजका लागि १९ सय ९५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्