काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ६९ हजार ४ सय रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य आज बुधबारका लागि १ लाख ७० हजार ५ सय रुपैयाँ निर्धारण भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा भने सुनको भाउ बढेकाले नेपाली बजार पनि प्रभावित भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २९३१.६२ डलरमा कारोबार भइरहेको छ ।
बुधबार चाँदीको मूल्य १५ रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला १९ सय ७० रुपैयाँका दरले कारोबार भएको चाँदी आजका लागि १९ सय ८५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।