एजेन्सी । इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार विद्युतीय सवारी (ईभी) चार्जिङ स्टेशन निर्माण गर्ने योजना बनाएको ऊर्जा तथा खनिज मन्त्रालयले जनाएको छ ।
राज्य ऊर्जा कम्पनी पीटी पीएलएनको तथ्यांक अनुसार इन्डोनेसियामा हाल विभिन्न स्थानहरूमा तीन हजार २३३ चार्जिङ स्टेशनहरू छन् ।
‘चार्जिङ स्टेशनहरूको विस्तारको उद्देश्य आयातित इन्धनमाथिको निर्भरता घटाउने, कार्बन उत्सर्जन घटाउने र नवीकरणीय ऊर्जामा संक्रमणलाई गति दिनु हो,’ मन्त्रालयका विद्युत महानिर्देशक जिस्मान हुताजुलुले बताए ।
इन्डोनेसियाको राष्ट्रिय इन्धन खपत हाल प्रति दिन औसत १.४ लाख ब्यारेल छ । ईभी चार्जिङ स्टेसनहरू थपिएसँगै देशले प्रतिदिन ६६ हजार ब्यारेलसम्म बचत हुने अपेक्षा गरिएको छ ।
‘यसले वार्षिक रूपमा एक लाख टन सीओ२ उत्सर्जनमा कटौती गर्ने अनुमान गरिएको छ ।’