• Menu

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

नेपाल प्रफिट

२०८१ फागुन ६, ११:१८

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य आज मंगलबारका लागि १ लाख ६९ हजार ४ सय रुपैयाँ निर्धारण भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा भने सुनको भाउ बढेकाले नेपाली बजार पनि प्रभावित भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २९१२.३ डलरमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला १९ सय ७० रुपैयाँका दरले कारोबार भएको चाँदी आजका लागि पनि सोही मूल्य निर्धारण भएको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्