• Menu

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाल प्रफिट

२०८१ फागुन ५, ११:०९

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य आज सोमबार लागि १ लाख ६८ हजार ७ सय रुपैयाँ निर्धारण भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा भने सुनको भाउ बढेकाले नेपाली बजार पनि प्रभावित भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २९०१.४२ डलरमा कारोबार भइरहेको छ ।

सोमबार चाँदीको मूल्य १५ रुपैयाँ बढेको छ । आइतबार प्रतितोला १९ सय ५५ रुपैयाँका दरले कारोबार भएको चाँदी आजका लागि १९ सय ७० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्