• Menu

तोलामा दुई हजार सात सयले घट्यो सुनको मूल्य

नेपाल प्रफिट

२०८१ फागुन ४, ११:१६

तोलामा दुई हजार सात सयले घट्यो सुनको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज आइतबार सुन प्रतितोला दुई हजार ७०० र चाँदी १५ले घटेको हो ।

गत शुक्रबार प्रतितोला सुन एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य एक लाख ६७ हजार ५०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ५५ निर्धारण गरिएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्