काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई ८.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.७५ प्रतिशत अर्थात् २१ करोड ८७ लाख ६३ हजार रुपैयाँ लाभांश वितरण गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ छ ।
सञ्चालक समितिको प्रस्तावअनुसारको लाभांश नेपाल बिमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।
प्रस्तावित लाभांश गत वर्ष वितरण गरेभन्दा कम हो । गत वर्ष कम्पनीले ८.६३ प्रतिशत बोनससहित १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।