• Menu

आइएमई लाइफ इन्स्योरेन्सको २१.०५ प्रतिशत लाभांश घोषणा

नेपाल प्रफिट

२०८१ माघ ३०, बुधबार १३:४६

आइएमई लाइफ इन्स्योरेन्सको २१.०५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई २१.०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको २१.०५ प्रतिशत अर्थात् १ अर्ब ५ करोड २६ लाख ३२ हजार रुपैयाँ लाभांश वितरण गर्नेछ । कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ छ ।

सञ्चालक समितिको प्रस्तावअनुसारको लाभांश नेपाल बिमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।

प्रस्तावित लाभांश गत वर्ष वितरण गरेभन्दा कम हो । गत वर्ष कम्पनीले २५ प्रतिशत बोनससहित २६.३१५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्