• Menu

छैटौँ दिनमा नेप्सेमा हरियाली, अन्तिम ३ मिनेटमा बढ्यो बजार

नेपाल प्रफिट

२०८१ माघ २९, १५:२८

छैटौँ दिनमा नेप्सेमा हरियाली, अन्तिम ३ मिनेटमा बढ्यो बजार

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ६.५४ अंकले बढेको छ । सोमबार १०.९८ अंकले घटेको नेप्से आज ६.५४ अंकले बढेर २६८३.८६ अंकमा उक्लिएको हो ।

आज १३४  कम्पनीको सेयर मूल्य घटेको छ । बजार घट्दा पनि ९८ कम्पनीका लगानीकर्ताले कमाएका छन् । ११ वटा कम्पनीको भने स्थिर रह्यो ।

मंगलबार कारोबार रकम पनि बढेको छ । सोमबार ६ अर्ब ९६ करोडको कारोबार भएकामा आज ७ अर्ब २४ करोडको कारोबार भयो ।

आज गार्डियन लाईफ इन्स्युरेन्स, रसुवागढी हाइड्रोपावर, भगवती हाईड्रोपावर र सिक्लेस हाईड्रोपावरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै सप्तकोशी विकास बैंकको ८.५ र इमर्जिङ नेपालको ७.५ प्रतिशत मूल्य बढ्यो ।

विकास बैंक सबैभन्दा धेरै २.३७ प्रतिशत बढेको छ । जलविद्युत १.५७, लगानी ०.४८, म्युचुअल फन्ड ०.५२, उत्पादन तथा प्रशोधन ०.०१ बढेको छ ।

त्यस्तै, बैंकिङ समूह ०.२०, जीवन बिमा ०.०८, वित्त ०.२९, होटल तथा पर्यटन ०.४७, अन्य ०.०१, व्यापार १.०५ लघुवित्त ०.०४, निर्जीवन बिमा ०.४३ प्रतिशत घटेको छ ।

भूगोल इनर्जीको १० र उपकार लघुवित्तको मूल्य ८ प्रतिशत घटेको छ ।

 

प्रतिक्रिया दिनुहोस्