• Menu

आठ करोडभन्दा बढी लागतमा त्रिवेणी गाउँपालिकाको भवन निर्माण

नेपाल प्रफिट

२०८१ माघ २९, १३:४०

आठ करोडभन्दा बढी लागतमा त्रिवेणी गाउँपालिकाको भवन निर्माण

रुकुमपश्चिम । आठ करोड ६९ लाख १८ हजार ११९ को लागतमा त्रिवेणी गाउँपालिकाको २८ कोठे पक्की भवन निर्माण भएको छ ।

२०७९ साल माघदेखि निर्माण सुरु भएको भवन यसै महिना बनेको हो । रङ रोगनलगायत सम्पूर्ण काम पूरा गरी निर्माण कम्पनीले पालिकालाई  भवन हस्तान्तरण गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीका अनुसार निर्माण कम्पनीलाई सात करोड ५९ लाख ६२ हजार ६८५ भुक्तानी  भइसकेको छ । तीनतले उक्त भवनबाट पालिकाले सेवा प्रवाह पनि प्रारम्भ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्