काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शानदार म:म पसलमा ग्याँस सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ ।
घाइतेहरु रविन राई र भीमबहादुर घलेको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
माघ २४ गते बिहान म:म पसलमा ग्यास विस्फोट हुँदा ११ जना गम्भीर घाइते भएका थिए । घाइते ९ जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।