• Menu

नायक श्रीदेवले सुरु गरे पडकास्ट

नेपाल प्रफिट

२०८१ माघ २९, १०:५१

नायक श्रीदेवले सुरु गरे पडकास्ट

काठमाडौं । नायक श्रीदेव भट्टराईले ‘श्रीदेव पडकास्ट’ सञ्चालनमा ल्याउने भएका छन् । काठमाडौंमा करियर प्रारम्भ गरेको सञ्चार क्षेत्रलाई सम्झिँदै उनले पडकास्ट ल्याउन लागेका हुन् ।

फागुन ३० गते बुधबारबाट प्रसारण हुने कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा स्थापित व्यक्तित्वहरुसँग अन्तरंग कुराकानी हुनेछ । सञ्चार क्षेत्रबाट करियर सुरु गरेका भट्टराईले नाटक, मोडलिङ हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरी अविरल रुपमा आफ्नो कला प्रस्तुत गरिरहेका छन् ।

हाल अभिनयका साथै मोडलिङ र विदेशमा हुने विभिन्न कार्यक्रममा व्यस्त हुने गरेका भट्टराईले पडकास्ट अघि बढाउँदै गर्दा थप ऊर्जा मिलेको बताएका छन् । आरबी डिजिटल प्रालिले पकेट टिभी युट्युब च्यानलमार्फत प्रसारणमा ल्याउन लागेको कार्यक्रमको निर्माता र निर्देशक विजय भुर्तेल हुन् ।

प्रतिक्रिया दिनुहोस्