• Menu

विद्यालयमा प्रयोग भएका सवारीसाधनको अनुगमन हुनुपर्छ : सांसद केसी

नेपाल प्रफिट

२०८१ माघ २८, १५:०१

विद्यालयमा प्रयोग भएका सवारीसाधनको अनुगमन हुनुपर्छ : सांसद केसी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले विद्यालयमा प्रयोग भएका सवारीसाधनको अनुगमन हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद केसीले आइतबार दक्षिणकाली नगरपालिका-३ भन्ज्याङ्मा भएको विद्यालय बस दुर्घटनाको प्रसंग उल्लेख गर्दै ग्रामीण क्षेत्रका विद्यालयमा प्रयोग हुने सवारीसाधनको अवस्था जाँच गर्न सभामुख देवराज घिमिरेमार्फत सम्बन्धीत मन्त्रालयको ध्यानार्कषण गराए । उनले उक्त दुर्घटनामा घाइते भएका ३५ विद्यार्थीको निःशुल्क उपचार गर्न आग्रह गरे ।

‘विशेषतः ग्रामिण क्षेत्रका विद्यालयमा पुराना सवारीसाधन प्रयोग भएको पाइएको छ । थोत्रो भएपछि चलाउँदा पनि त्यसको जाँच र अनुगमन हुँदैन,’ सांसद केसीले भने ।

 

प्रतिक्रिया दिनुहोस्