काठमाडौ । साताको पहिलो कारोबार दिन सेयर बजार ११.४९ अंकले घटेको छ । नेप्सेमा सूचीकृत समूह राताम्य बनेपछि समग्र बजार परिसूचक ११.४९ अंकले घटेर २६८८.३१ बिन्दुमा झरेको हो ।
आज १६८ कम्पनीको सेयर मूल्य घटेको छ । बजार घट्दा पनि ६८ कम्पनीका लगानीकर्ताले कमाएका छन् । ६ वटा कम्पनीको भने स्थिर रह्यो ।
आइतबार ८ अर्ब ३८ करोड ९७ लाखको कारोबार भएको छ ।
आज गार्डियन लाईफ इन्स्युरेन्स र सेन्ट्रल फाइनस सकारात्मक सर्किट लागेको छ ।
उपकार लघुवित्त ६.०६, इनिफिनिटी लघुवित्त ६.०२, अपर लोहोरे हाईड्रोपावरको ५.२७, माईखोला हाईड्रोपावर ४.११ र मल्टीपर्पज फाइनान्सको ४.९८ प्रतिशत मूल्य बढेको छ ।
व्यापार सबैभन्दा धेरै १.३९ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन ०.१५, वित्त ०.८०, लघुवित्त ०.२५ प्रतिशत बढ्यो ।
त्यस्तै, बैंकिङ समूह ०.३५, म्युचुअल फन्ड ०.३४, जीवन बिमा ०.७६, जलविद्युत ०.०५, विकास बैंक १.३५, लगानी ०.३९, होटल तथा पर्यटन समूहको ०.२४ निर्जीवन बिमा ०.५७ अन्य समूह १.३०, प्रतिशत घटेको छ ।
सप्तकोशी विकास बैंकको ६.५, सिन्धु विकास बैंकको ५.६ र भूगोल इनर्जीको ४.६ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३१ करोड १६ लाखको सेयर खरिदबिक्री भएको छ ।