काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिन्डर विस्फोट हुँदा घाइते भएका ११ जनालाई कीर्तिपुरको वर्न अस्पताल लगिएको छ । कमलपोखरीस्थित सान्दार म:मको किचनमा बिहान पौने ९ बजे ग्यास विस्फोट हुँदा घाइते भएका १४ मध्ये ११ जनालाई हिमाल अस्पतालमा सामान्य उपचारपश्चात कीर्तिपुर लगिएको घटनास्थलमा रहेका असई वीरेन्द्रप्रसाद महतो जानकारी दिए ।
विस्फोटमा १४ जना घाइते भएकोमा तीन जनाको अवस्था भने सामान्य छ । कीर्तिपुर लगिएकामध्ये उदयपुरका २४ वर्षीय संजोग मगरको अवस्था गम्भीर छ ।
महतोका अनुसार ग्याँस चुहावट भएर विस्फोट भएको हो । ‘भुइँ तलामा रहेको किचनमा भएको ग्याँस विस्फोट हुँदा माथिको भर्याङ झरेको छ,’ उनले भने, ‘एक–दुई जना कर्मचारी त्यही भर्याङले लागेर थप घाइते भएका छन् ।’