• Menu

पत्रकार जन्मदेव जैसी नेसनल सोसल वेलफेयर अवार्डबाट सम्मानित

नेपाल प्रफिट

२०८१ माघ २२, २१:२८

पत्रकार जन्मदेव जैसी नेसनल सोसल वेलफेयर अवार्डबाट सम्मानित

काठमाडौं । श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले राष्ट्रिय सामाजिक अवार्ड पाएका छन् । सिजन मिडियाद्वारा आयोजित ‘नेसनल सोसल वेलफेयर अवार्ड २०२४’ कार्यक्रममा उपसभामुख इन्द्रिरा रानामगरले जैसीलाई अवार्ड प्रदान गरेकी छन् ।

श्रमजीवी पत्रकारका नेता जैसीलाई पत्रकारिता क्षेत्रका श्रमजीवी पत्रकारहरुको हकहितका पक्षमा दशकौंदेखि अनवरत रुपमा सेवामा समर्पित भएकोमा सम्मान स्वरुप राष्ट्रिय अवार्डका लागि चयन गरिएको हो । सिजनले अवार्ड प्रदान गर्दै भनेको छ, ‘अवार्ड प्रदान उहाँको समाजप्रतिको गहिरो समर्पण, सकारात्मक परिवर्तनका लागि गरिएको अथक प्रयास र निरन्तर सेवाभावको उच्च मूल्यांकन हो ।’

समाजमा गरेका अविस्मरणीय योगदानको कदरस्वरुप यो अवार्ड प्रदान गर्ने गरिन्छ । सिजन मिडियाले जैसीको कार्यकाललाई प्रेरणादायक र समाजका लागि महत्वपूर्ण बनाएको र यसको मूल्यांकन आवश्यक रहेको बताएको छ ।

‘जैसीले आफ्नो करियरको अधिकांश समय समाजका पिछडिएका र आवश्यकता परेका वर्गका लागि काम गर्न समर्पित गर्नुभएको छ । उहाँले श्रमजीवी पत्रकारका रूपमा समाजको हक र अधिकारका लागि आवाज उठाउनुभएको छ,’ सिजन मिडियाले भनेको छ ।

सिजन मिडियाले यस अवसरमा जैसीलाई आगामी दिनहरूमा अझै सफलता, सुस्वास्थ्य र रचनात्मक जीवनको शुभकामना दिएको छ । कार्यक्रमको उद्देश्य समाजका उत्कृष्ट व्यक्तित्वलाई सम्मानित गर्नु मात्र नभई समाजका लागि सकारात्मक योगदान दिन प्रेरणा प्रदान गर्नु पनि भएको सिजनले उल्लेख गरेको छ

सिजन मिडियाले यस अवार्ड कार्यक्रमलाई आगामी वर्षहरूमा अझै प्रभावकारी र समाजका लागि अत्यधिक महत्वपूर्ण बनाउनका लागि निरन्तर प्रयास गर्ने जनाएको छ । जैसीसहित अन्य केही समाजसेवी पनि सम्मानित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्