• Menu

सेयर बजार १४ अंकले घट्यो, जलविद्युत र अन्यबाहेक सबै समूहमा गिरावट

नेपाल प्रफिट

२०८१ माघ २२, १५:२९

सेयर बजार १४ अंकले घट्यो, जलविद्युत र अन्यबाहेक सबै समूहमा गिरावट

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.०८ अंकले घटेको छ । नेप्सेमा सूचीकृत सबै समूह राताम्य बनेपछि समग्र बजार परिसूचक १४.०८ अंकले घटेर २७१५.९१ बिन्दुमा झरेको हो ।

आज १६२ कम्पनीको सेयर मूल्य घटेको छ । बजार उच्च अंकले ओरालो लाग्दा पनि ७१ कम्पनीका लगानीकर्ताले कमाएका छन् । ९ वटा कम्पनीको भने स्थिर रह्यो ।

मंगलबार कारोबार रकम भने घटेको छ । सोमबार ११ अर्ब ८७ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकामा आज ८ अर्ब ९१ करोडको कारोबार भयो ।

आज जोशी हाइड्रोपावरको १० प्रतिशत मूल्य बढ्यो । सामुदायिक लघुवित्तको ८.३०, मध्यभोटेकोशीको ८.२५, न्यादी हाइड्रोपावरको ८.१९, उपकार लघुवित्तको ८.१२, कालिका पावरको ८.०५, हिमालय प्रतिशत मूल्य बढ्यो ।

जलविद्युत ०.१५, र अन्य समूह ०.४३ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै विकास बैंक २.६० प्रतिशतले घटेको छ ।

बैंकिङ समूह ०.५७, म्युचुअल फन्ड ०.५४, निर्जीवन बिमा ०.५७, व्यापार ०.५२, जीवन बिमा ०.२४, लघुवित्त समूह ०.६४, उत्पादन तथा प्रशोधन १.१३, लगानी ०.५०, वित्त १.७० होटल तथा पर्यटन ०.१५ प्रतिशतले घटेको छ ।

सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र ग्रिन डेभलपमेन्ट बैंकमा नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्