काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आकर्षक लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँबराबर छ । कम्पनीले ८४ करोड १९ लाख रुपैयाँ बराबर नगद लाभांश दिनेछ ।
कम्पनीले प्रस्ताव गरेको लाभांश बिमा प्राधिकरणको स्वीकृतिपछि आगामी साधारणसभाबाट पारित भएसँगै वितरण हुने कम्पनीले जनाएको छ ।