काठमाडौ । सेयर बजार परिसूचक नेप्से आज सोमबार पनि बढेको छ । आइतबार ६९.८० अंकले बढेको बजार सोमबार २.४१ अंकले बढेर २७३०.०० अंकमा उक्लिएको हो ।
बजार सामान्य अंकले बढ्दा ९७ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १३७ कम्पनीको सेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको स्थिर रह्यो ।
सोमबार कारोबार रकम भने घटेको छ । आइतबार १२ अर्ब ९५ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकामा आज ११ अर्ब ८७ करोडको कारोबार भयो ।
आज उपकार लघुवित्त र भूगोल इनर्जी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सनराईज फोकस इक्युटि ९.०२, एन आइ वि एल स्टेबल फन्ड ८.०२, र सप्तकोशी डेभलपमेन्ट बैंक ८.७४ प्रतिशत बढेको छ ।
बैंकिङ समूह ०.५४, म्युचुअल फन्ड ०.७८, निर्जीवन बिमा ०.८२, व्यापार ०.७९, जीवन बिमा ०.६७, लघुवित्त समूह ०.१०, उत्पादन तथा प्रशोधन ०.२७ प्रतिशतले बढेको छ ।
त्यस्तै, होटल तथा पर्यटन ०.०१, लगानी ०.४७, अन्य समूह ०.६०, विकास बैंक ०.३९, वित्त १.०७, जलविद्युत ०.०१, प्रतिशतले घटेको छ ।
रिभरफल्स पावर र ग्रिन डेभलपमेन्ट बैंकमा नकारात्मक सर्किट लागेको छ ।