• Menu

सभापति लामिछानेसहित १४ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै

नेपाल प्रफिट

२०८१ माघ २१, १३:५७

सभापति लामिछानेसहित १४ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै

काठमाडौं, २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध मुद्दा दायर हुने भएको छ ।

लामिछानेसहित १४ जनाविरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीमा सोमबार जिल्ला अदालतमा मुद्दा दायर हुने भएको हो ।

सरकारी वकिल कार्यालयले मुद्दा दायर गर्नको लागि सम्पूर्ण तयार गरिसकेको छ । सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटी तिरेर लामिछाने छुटेका थिए ।

लामिछानेले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई भेटेर आफ्नो सांसद पद निलम्बनमा राखिएको युक्तिसंगत नभएको भन्दै फुकुवाको मागसहित निवेदन हालेका थिए ।

चितवनलगत्तै लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा पनि मुद्दा दायर हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्