• Menu

पाथीभरा केबलकार निर्माणमा उत्पन्न विवाद समाधान गर्न गृह मन्त्रालयले बनायो वार्ता टोली

नेपाल प्रफिट

२०८१ माघ २१, ११:३८

पाथीभरा केबलकार निर्माणमा उत्पन्न विवाद समाधान गर्न गृह मन्त्रालयले बनायो वार्ता टोली

काठमाडौं । ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणका क्रममा देखिएको विवाद समाधानका लागि सरकारले समिति गठन गरेको छ । निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयले वार्ता टोली बनाएको हो ।

गृहमन्त्रीस्तरको निर्णयबाट मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ । टोलीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि रहेको गृहका सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनसार विवाद समाधानका लागि वार्ता टोलीले तत्काल कार्य प्रारम्भ गर्नेछ । मन्त्रालयले आन्दोलनरत पक्षलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई संवादमार्फत समस्या समाधानमा सहयोग अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्