काठमाडौं । नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य आज सोमबारका लागि पनि सोहि मूल्य निर्धारण भएको हो ।
सोमबार चाँदीको मूल्य १५ रुपैयाँ घटेको छ । आइतबार प्रतितोला १९ सय १० रुपैयाँका दरले कारोबार भएको चाँदी आजका लागि १८ सय ९५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।