काठमाडौ । साताको पहिलो दिन आइतबार सेयर बजार उच्च अंकले बढेको छ । नेप्सेमा सूचीकृत सबै उपसमूहमा हरियाली छाएपछि समग्र बजार परिसूचक ६९.८० अंकले बढेर २७२७.५८ अंकमा उक्लिएको हो ।
बजार उच्च अंकले बढ्दा २०२ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने ३७ कम्पनीको सेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको स्थिर रह्यो ।
आज ३३० कम्पनीको १२ अर्ब ९५ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको हो ।
आज उन्नति सहकार्य लघुवित्त, अभियान लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, न्यादी हाइड्रोपावर, एन एम वी लघुवित्तको, समता घरेलु लघुवित्त, विजय लघुवित्त, भूगोल इनर्जी हाइड्रोपावर र ग्रामीण विकास लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
लघुवित्त समूह सबैभन्दा धेरै ४.९२ प्रतिशतले बढेको छ ।
त्यस्तै, बैंकिङ समूह २.५२, होटल तथा पर्यटन १.८२, लगानी ३.३८, म्युचुअल फन्ड ०.१७, निर्जीवन बिमा ३.७१, व्यापार १.३१ र अन्य समूह २.६३ र विकास बैंक ३.१५, वित्त १.११, जलविद्युत १.४१, उत्पादन तथा प्रशोधन ३.०७,जीवन बिमा २.४३ प्रतिशतले बढेको छ ।
सामुदायिक लघुवित्त नकारात्मक सर्किट लागेको छ भने सप्तकोशी विकासको ८.२० प्रतिशत मूल्य घटेको छ । त्यस्तै माथिल्लो मैलुङखोलाको ५.८५, मन्दाकिनी हाइड्रोपावरको ४.६ प्रतिशत मूल्य घट्यो ।