काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले फागुन ८ देखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले तोकिएको चुक्ता पुँजी साढे २ अर्ब पुर्याउन २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
फागुन २८ सम्म हकप्रद सेयरमा आवेदन दिन सकिनेछ । माघ १५ सम्म सेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले हकप्रदका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार हकप्रदमा अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
हाल २ अर्ब १ करोड रहेको कम्पनीको चुक्ता पुँजी हकप्रद निष्कासनपछि २ अर्ब ५१ करोड ३० लाख रुपैयाँ पुग्नेछ । कम्पनीले इन्फोमेरिक्स क्रेडिट रेटिङबाट ‘ए’ प्लस रेटिङ पाएको छ ।