• Menu

सुनको मूल्य प्रतितोला २३ सय बढ्यो

नेपाल प्रफिट

२०८१ माघ १८, शुक्रबार १०:५४

सुनको मूल्य प्रतितोला २३ सय बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँका दरले कारोबार भएको सुनको मूल्य आज शुक्रबारका लागि १ लाख ६२ हजार ८ सय रुपैयाँ निर्धारण भएको हो ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा भने सुनको भाउ बढेकाले नेपाली बजार पनि प्रभावित भएको हो । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २७९५.८५ डलरमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदीको मूल्य ३० रुपैयाँ बढेको छ । बिहीबार प्रतितोला १८ सय ८५ रुपैयाँका दरले कारोबार भएको चाँदी आजका लागि १९ सय १५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्