• Menu

नेप्से परिसूचक १० अंकले घट्यो, वित्त समूहमा ३.४६ प्रतिशतको वृद्धि

नेपाल प्रफिट

२०८१ माघ १४, १६:०८

नेप्से परिसूचक १० अंकले घट्यो, वित्त समूहमा ३.४६ प्रतिशतको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.६१ अंकले घटेर आज २६३३.३२ बिन्दुमा झरेको छ । आज ३१२ कम्पनीको एक करोड ७२ लाख ५३ हजार ५७६ कित्ता सेयर ८७ हजार ५६४ पटक खरिद–बिक्री हुँदा आठ अर्ब ९२ करोड ४० लाख ६५ हजार ८८८ रुपैयाँबराबरको कारोबार भएको छ ।

कारोबारमा बैंकिङ समूह ०.५५, होटल तथा पर्यटन ०.५१, लगानी ०.७७, जीवन बिमा १.१०, म्युचुअल फन्ड ०.६४, निर्जीवन बिमा ०.६७, व्यापार १.८३ र अन्य समूह १.६६ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । विकास बैंक समूह ०.७२, वित्त ३.४६, जलविद्युत् ०.३५, उत्पादन तथा प्रशोधन ०.६७ र लघुवित्त ०.०४ प्रतिशतले बढेको छ ।

न्यादी हाइड्रोपावरको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.४६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिन्धु विकास बैंकको २९ करोड ८३ लाख ७९ हजार ८१३ रुपैयाँबराबरको कारोबार भएको छ ।

कारोबार भएको सेयर संख्याका आधारमा भने एनएमबी–५० को सबैभन्दा धेरै ६ लाख ७५ हजार १५९ कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्