• Menu

पाँचौं वार्षिकोत्सवको अवसरमा माछापुच्छ्रे क्यापिटलको वित्तीय सचेतना कार्यक्रम

नेपाल प्रफिट

२०८१ माघ १४, ११:०१

पाँचौं वार्षिकोत्सवको अवसरमा माछापुच्छ्रे क्यापिटलको वित्तीय सचेतना कार्यक्रम

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले पाँचौँ वार्षिकोत्सवका अवसरमा क्यापिटलको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजनाअनुरुप आइतबार काठमाडौंस्थित मोडर्न नेपाल कलेजमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा स्नातक तहमा अध्यनरत विद्यार्थीका साथै कलेजका कर्मचारी तथा शिक्षकलाई सेयर बजारको प्रारम्भिक शिक्षा, प्राविधिक विश्लेषणसम्बन्धी प्रशिक्षण तथा यसको प्रभावकारिताबारे जानकारी तथा साक्षरता प्रदान गरिएको छ ।

पाँचौँ वार्षिकोत्सवको अवसरमा क्यापिटलले माघ महिनाभर रक्तदानलगायत वित्तीय साक्षरता, वृद्धाश्रम तथा अन्य संस्थाहरुलाई विभिन्न सहयोग, विभिन्न सेवाहरुमा छुटलगायतका विविध कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाइरहेको छ ।

माछापुच्छ्रे क्यापिटल, माछापुच्छ्रे बैंकको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटलले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य र सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्