• Menu

दक्षिण श्रीलंकामा बस दुर्घटना, २९ जना घाइते

नेपाल प्रफिट

२०८१ माघ १३, १७:१२

दक्षिण श्रीलंकामा बस दुर्घटना, २९ जना घाइते

एजेन्सी । श्रीलंकाको गालमा आइतबार बिहान तीनवटा बस एकआपसमा ठोक्किँदा कम्तीमा २९ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइते सबै जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीका अनुसार बिहान ८:३० बजेतिर निजी स्वामित्वका यात्रुबाहक बसहरु दुर्घटना भएका हुन् ।

प्रहरीको प्रारम्भिक रिपोर्टअनुसार एउटा बस रोकिराखेको अर्को बससँग ठक्कर खाएको र दुर्घटनाग्रस्त बस र तेस्रो बस ठोक्किएर धेरै यात्रु घाइते भएका देखिएको छ ।

सन् २०२० देखि २०२४ सम्ममा सवारी दुर्घटनामा परी १२ हजार १४० जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

श्रीलंकाका अधिकारीहरूले यात्रुवाहक बसहरूमा ट्राफिक नियम उल्लंघन गर्ने व्यक्तिहरूविरुद्ध कानुनी कारबाहीलाई तीव्रता दिइरहेका छन्।

श्रीलंका सरकारले सडक दुर्घटना रोक्नका साथै अपराध र लागूऔषध विरोधी अभियान सञ्चालन गर्ने उद्देश्यले थप १० हजार प्रहरी अधिकारीहरू भर्ती गर्न अनुमति दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्