काठमाडौं । सेयर बजार परिसूचक नेप्से साताको पहिलो कारोबार दिन आइतबार १०.४१ अंकले घटेको छ । नेप्सेमा सूचीकृत सबै समूह राताम्य बनेपछि समग्र बजार परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ अंकमा ओर्लिएको हो ।
आज १२१ कम्पनीको सेयर मूल्य घटेको छ । बजार उच्च अंकले ओरालो लाग्दा पनि ११६ कम्पनीका लगानीकर्ताले कमाएका छन् । ६ वटा कम्पनीको भने स्थिर रह्यो ।
आज ३१८ कम्पनीको ९ अर्ब १२ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
फाइनान्स सेक्टर सबैभन्दा धेरै ४.७४ प्रतिशत घटेको छ । विकास बैंक ०.५९, हाइड्रोपावर ०.५४, माइक्रोफाइनान्स ०.७५ र अन्य ०.०३ प्रतिशत बढेको छ ।
बैंकिङ ०.८९, होटल तथा पर्यटन ०.२७, लगानी ०.५०, जीवन बीमा ०.६१, उत्पादन १.६६, निर्जीवन बीमा ०.६७ तथा व्यापार समूह ०.७५ प्रतिशत घटेको छ ।
आज उपकार लघुवित्त र माथिल्लो मैलुङखोला जलविद्युतको सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८८, आरम्भ चौतारी लघुवित्तको ९.६८, सिक्लेस हाइड्रोपावरको ८.६ प्रतिशत बढेको छ ।
बोटलर्स नेपाल बालाजु, दोल्ती पावर, जानाकी फाइनान्स र धौलागिरि लघुवित्तको नकारात्मक सर्किट लागेको छ भने नेपाल हाइड्रो डेभलपरको ८.६०, नेपाल फाइनान्सको ८.२१, समृद्धि फाइनान्सको ७.९३ प्रतिशत मूल्य घटेको छ ।