काठमाडौं । सेयर बजार परिसूचक नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार ११.१० अंकले घटेको छ । नेप्सेमा सूचीकृत सबै समूह राताम्य बनेपछि समग्र बजार परिसूचक ११.१० अंकले घटेर २६५४.३४ अंकमा ओर्लिएको हो ।
आज १५० कम्पनीको सेयर मूल्य घटेको छ । बजार उच्च अंकले ओरालो लाग्दा पनि ८६ कम्पनीका लगानीकर्ताले कमाएका छन् । ७ वटा कम्पनीको भने स्थिर रह्यो ।
आज कारोबार रकम भने घटेको छ । आज ३१८ कम्पनीको ७ अर्ब ८५ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको हो । बुधबार ९ अर्ब २० करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।
आज कर्पोरेट डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त, र सिक्लेस हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सप्तकोशी विकास बैंकको ९.८९, धौलागिरि लघुवित्तको ९.८४, नारायणी डेभलपमेन्टको ८.४६, दोल्ती पावरको ८.१०, युनाइटेड इदी मर्दीको ७.४० र सपोर्ट माइक्रोफाइनान्सको ६.९३ प्रतिशत मूल्य बढ्यो ।
विकास बैंक समूह ०.८३ प्रतिशत बढ्यो भने उत्पादन समूह स्थिर रहेको छ । नेप्से उपसमूहमा रहेका बाँकी सबै समूह घटेको छ ।
त्यस्तै सुपर मादी र मन्दाकिनी हाइड्रोपावरको मूल्य १० प्रतिशत घटेको छ । जानाकी फाइनान्सको ७.४७, पोखरा फाइनान्सको ५.७४ तथा नेपाल फाइनान्सको ४.७४ प्रतिशत मूल्य घटेको छ ।