• Menu

आज पनि बढ्यो नेप्से

नेपाल प्रफिट

२०८१ माघ ७, १५:१६

आज पनि बढ्यो नेप्से

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज सोमबार पनि बढेको छ । आइतबार १२.५८ अंकले बढेको बजार सोमबार ६.७८ अंकले बढेर २६०७.९९ अंकमा उक्लिएको हो ।

आज बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत र माइक्रो फाइनान्स समूह घटेका छन् भने होटल, लगानी, जीवन बिमा, उत्पादन, म्युचुअल फन्ड, निर्जीवन बिमा, अन्य र व्यापार समूह बढेका छन् ।

आज ११८ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ वटाको घटेको छ । आठ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन । सर्वाधिक मूल्य बढ्नेमा मानुषी लघुवित्त, रिभर फल्स पावर, दोल्ती पावर, मध्य भोटेकोशी र बाराही हाइड्रोपावर कमाउने कम्पनीको शीर्ष सूचीमा छन् ।

कारोबार रकम पनि आज बढेको छ । आइतबार ६ अर्ब २५ करोड ७२ लाख रुपैयाँबराबरको कारोबार भएकोमा आज ६ अर्ब ५७ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको हो ।

प्रतिक्रिया दिनुहोस्