• Menu

नेप्से परिसूचक १५ अंकले घट्यो, माछापुच्छ्र्रे बैंकको साढे ८ लाख कित्ता संस्थापक सेयर किनबेच

नेपाल प्रफिट

२०८१ पुस २९, १७:१२

नेप्से परिसूचक १५ अंकले घट्यो, माछापुच्छ्र्रे बैंकको साढे ८ लाख कित्ता संस्थापक सेयर किनबेच

काठमाडौँ । सातो दोस्रो कारोबार हुने दिन सोमबार पनि नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १५.५४ अंकले घटेर २५९४.१३ अंकमा झरेको हो ।

आज ३२२ कम्पनीको एक करोड ३८ लाख ७० हजार ५७९ कित्ता सेयर ६४ हजार २७८ पटक खरिद–बिक्री हुँदा ६ अर्ब ६५ करोड आठ लाख ८३ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै व्यापार समूह १.८९, होटल तथा पर्यटन १.३६ र वित्त समूह १.३२ प्रतिशतले घटेको छ ।

बैंकिङ ०.३५, विकास बैंक ०.५८, जलविद्युत् ०.४९, लगानी ०.६० र जीवन बिमा ०.५० प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन ०.७७, लघुवित्त ०.४४, म्युचुअल फन्ड ०.४२, निर्जीवन बिमा ०.०२ र अन्य समूह ०.६७ प्रतिशतले घटेको छ ।

आज बाराही हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ४५ करोड २५ लाख ५१ हजार रुपैयाँबराबरको कारोबार भएको छ । कारोबार भएको सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै माछापुच्छ्र्रे बैंक प्रमोटर सेयर आठ लाख ४९ हजार ८३३ कित्ता किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्