• Menu

साल्ट ट्रेडिङको नगद लाभांश प्रस्ताव हालसम्मकै कम

नेपाल प्रफिट

२०८१ पुस २८, ११:२१

साल्ट ट्रेडिङको नगद लाभांश प्रस्ताव हालसम्मकै कम

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनी पुस २६ मा बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश विगत वर्षहरुमा वितरण गरिएको भन्दा कम हो । गत वर्ष पिन कम्पनीले १५ प्रतिशत बोनससहित १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले हालसम्म २०७७/७८ मा १०.५ प्रतिशत लाभांश बाँडेको थियो, जुन यसअघिको सबैभन्दा कम हो ।

प्रतिक्रिया दिनुहोस्