• Menu

कर्णाली डेभलपमेन्ट बैंकपछि थप ६ वित्तीय संस्था राष्ट्र बैंकको निगरानीमा

नेपाल प्रफिट

२०८१ पुस २५, १२:४३

कर्णाली डेभलपमेन्ट बैंकपछि थप ६ वित्तीय संस्था राष्ट्र बैंकको निगरानीमा

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको नेपाल राष्ट्र बैंकले थप ६ वटा वित्तीय संस्थालाई निगरानीमा राखेर अनुसन्धान थालेको छ ।

राष्ट्र बैंकले सप्तकोसी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, नारायणी विकास बैंक र सिन्धु विकास बैंक तथा जानकी फाइनान्स र पोखरा फाइनान्सलाई निगरानीमा राखेको हो ।

नेपाल राष्ट्र बैंकले तरलताको अवस्था विश्लेषण गर्न वाणिज्य बैंकहरुसँग सूचनामा मागेको छ । वित्तीय अवस्था कमजोर देखिएको र संस्थागत सुशासनमा पनि समस्या देखिएकाले निगरानीमा राखिएको राष्ट्र बैंकले जनाएको छ ।

कुनै निर्णय लिनुअघि तरलता अवस्था बुझ्न लागिएको र अवस्था सामान्य भए बैंक व्यवस्थापनबाट नै सुधारको कोसिस गर्ने राष्ट्र बैंकको तयारी छ ।

वाणिज्य बैंकमा फर्जी निक्षेप राखेको प्रमाण पत्र पेस गरेको खुलेपछि पुस १० मा राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो । त्यसयता राष्ट्र बैंकले व्यवस्थापन जिम्मा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्