काठमाडौं । नेपाल-तिब्बत सीमानजिकै आज बिहान गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परि मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।
मंगलबार बिहान चीनको तिब्बतस्थित सिगात्से क्षेत्रको दिङ्गी गाउँलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले ५३ जनाको ज्यान गएको छ भने ६२ जना घाइते भएका छन् ।
चीनको समाचार एजेन्सी सिन्ह्वाका अनुसार शिगात्सेको वरपर रहेको तिङ्ग्री काउन्टीका तीन टाउनशिप-चाङ्सुओ, छुलुओ र छोगुओमा कम्तिमा नौ जनाको मृत्यु भएको छ। ती क्षेत्रमा धेरै भवन भत्किएका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार दर्जनौं व्यक्तिहरुको मृत्यु भएको छ।

सिन्धुपाल्चोकमा फुल्पिङकट्टीमा एउटा प्रहरी भवनमा क्षति पुगेको छ । अन्य स्थानमा केही निजी घर भत्किएका बताइएको छ ।
भूकम्प नेपाली समय अनुसार बिहान ६:५० बजे गएको हो । नेपालको भूकम्प मापन केन्द्रले भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको जनाएको छ भने चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ म्याग्निच्युड मापन गरेको छ । यो भूकम्प जमिनको सतहदेखि १० किलोमिटर गहिराइमा भएको थियो ।
भूकम्पको धक्का नेपाल, बंगलादेश, भारत र भुटानसम्म महसुस भएको थियो ।