• Menu

नेपालको सीमानजिक तिब्बत केन्द्र बनाएर ७ म्याग्निच्युडको भूकम्प

नेपाल प्रफिट

२०८१ पुस २३, ०७:१०

नेपालको सीमानजिक तिब्बत केन्द्र बनाएर ७ म्याग्निच्युडको भूकम्प

काठमाडौं । नेपालको सीमानजिक तिब्बत केन्द्र बनाएर ७ म्याग्निच्युडको भूकम्प गएको छ । नेपालको लोबुचेनजिक तिब्बत केन्द्र बनाएर बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो ।

काठमाडौंमा भूकम्पको ठूलै धक्का महसुस भएको छ । भूकम्पको ठूलो धक्का गएपछि मानिसहरु घरबाहिर निस्किएका छन् ।

भूकम्पको धक्का चीन, नेपाल, बंगलादेश, भारत र भुटानसम्म महसुस भएको छ ।

प्रतिक्रिया दिनुहोस्