• Menu

सार्वजनिक यातायातको भाडा वृद्धि, कुन रुटको कति भाडा ? (सूचीसहित)

नेपाल प्रफिट

२०८१ पुस २२, १७:४०

सार्वजनिक यातायातको भाडा वृद्धि, कुन रुटको कति भाडा ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको नयाँ भाडादर लागू गरेको छ । पुस २२ बाटै लागू हुने गरी यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा वृद्धि भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

सरकारले यात्रुबाहक सवारी साधनको भाडा ३.३० प्रतिशतले बढाएको छ । त्यस्तै मालबाहक सवारी साधनको पनि भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुनेको ०.०५ प्रतिशतले भाडा बढेको हो ।

विभागका अनुसार दुई वा त्यो भन्दा बढी प्रदेश भई राष्ट्रिय स्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने सवारीका साधनको भाडा समायोजन गरिएको विभागका महानिर्देशक राजीव पोखरेलले जानकारी दिए । सरकारले यसअघि २०८० साउन ३१ मा भाडा समायोजन गरेको थियो ।

उनका अनुसार श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन नाफालगायतका आधारमा भाडा समायोजन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्