• Menu

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवका अवसरमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम

नेपाल प्रफिट

२०८१ पुस १४, १७:३२

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवका अवसरमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । ग्लोबल आइएमई बैंकले १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

बैंक पुस १८ गते बिहीबारदेखि स्थापनाको १८औं वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गर्दैछ । १८औं वार्षिकत्सवको अवसरमा बैंकले प्रत्येक प्रदेशको विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्दैछ ।

सचेतना कार्यक्रममा बैंकले आधारभूत बैंकिङ सेवा, डिजिटल नवीनतम बैंकिङ सेवा, बैंकिङ विवरण सुरक्षित राख्ने उपायलगायत विभिन्न बैंकिङ शिक्षाको बारेमा जानकारी प्रदान गर्नेछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता किसिमका विभिन्न सामाजिक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाज उपयोगी कार्यमार्फत आम जनमानसलाई प्रत्यक्ष रुपमा लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरक–फरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २३७ शाखारहित बैंकिङ इकाइ, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवा प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्