काठमाडौं । दुईवटा लघुवित्त र एउटा विकास बैंकले सेयरधनीको हात खाली बनाएको सूचना सार्वजनिक गरेका छन् ।
विजय लघुवित्त, गणपति लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकले सेयरधनीलाई लाभांश वितरण नगर्ने भएका हुन् ।
यसअघि विजय लघुवित्तले २०७८/७९ को नाफाबाट २१.०५२६ प्रतिशत, गणपति लघुवित्तले २०७७/७८ को नाफाबाट २० प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकले २०७८/७९ को नाफाबाट ५.२६ प्रतिशत लाभांश बाँडेका थिए ।