• Menu

कृषि विकास बैंकको लाभांश घोषणा, ११ वर्षयताकै कम

नेपाल प्रफिट

२०८१ पुस ४, ११:२१

कृषि विकास बैंकको लाभांश घोषणा, ११ वर्षयताकै कम

काठमाडौं । कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले ३ प्रतिशत बोनस तथा करसहित ७.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

बैंकले यसपटक प्रस्ताव गरेको लाभांश हालसम्मकै न्यून हो । कम्पनीले यसअघि आव २०७९/८० को नाफाबाट गत वर्ष सेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसअघिका हरेक वर्ष कम्पनीले १५ प्रतिशतभन्दा धेरै लाभांश बाँडेको छ ।

प्रतिक्रिया दिनुहोस्