काठमाडौं । बुटवल पावर कम्पनीले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई करसहित ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । कम्पनीले पुस २८ का लागि साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोजको मिति तोकिएको छ । लाभांश प्राप्त गर्न पुस १७ सम्ममा सेयरधनी खरिद गर्नुपर्ने या सेयर होल्ड गर्नुपर्ने हुन्छ ।
कम्पनीले यसपटक प्रस्ताव गरेको लाभांश हालसम्मकै न्यून हो । कम्पनीले यसअघि आव २०७९/८० को नाफाबाट गत वर्ष सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसअघिका हरेक वर्ष कम्पनीले १५ प्रतिशतभन्दा बढी लाभांश बाँडेको छ ।