काठमाडौं । अधिकांश वाणिज्य बैंकले व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदर पुसका लागि स्थिर राखेका छन् । सञ्चालनमा रहेका २० मध्ये १४ वाणिज्य बैंकले पुसका लागि मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।
मंसिरको तुलनामा पुसका लागि तीनवटा बैंकले ब्याज घटाएका छन् भने तीनवटाले बढाएका छन् । समग्रमा मंसिरको तुलनामा पुसका लागि ब्याजदर ०.०६ प्रतिशत बिन्दुले बढेको छ । मंसिरमा वाणिज्य बैंकहरुको औसत ब्याजदर ५.९६ प्रतिशत रहेकोमा पुसमा ६.०२ प्रतिशत बिन्दुमा पुगेको हो ।
पुसका लागि एनएमबी, प्राइम र कृषि विकासले ब्याजदर बढाएका छन् । यससँगै पुसका लागि एनएमबीको ब्याजदर ६.६ प्रतिशत पुगेको छ । त्यस्तै प्राइम बैंकले ६.२५ र कृषि विकासले ५.५७ प्रतिशत पुर्याएको छ ।
त्यस्तै एनआईसी एसिया, सानिमा बैंक र नेपाल बैंकले ब्याजदर घटाएका छन् । पुसका लागि एनआईसी एसियाले ६.६ प्रतिशत, सानिमा बैंकले ६.०५ प्रतिशत र नेपाल बैंकले ५.६ प्रतिशत बनाएको छ । अरु सबै बैंकको स्थिर छ ।